क्यासिनोहरुलाई इजाजतपत्र लिएर मात्र विदेशी मुद्राको कारोबार गर्न राष्ट्र बैंकको निर्देशन

अर्थकागज
प्रकाशित: २३ असोज २०८२
Image description

काठमाडौँ । नेपाल राष्ट्र बैंकले क्यासिनो लगायतका संस्थाहरूले इजाजतपत्र लिएर मात्र विदेशी मुद्राको कारोबार गर्न आग्रह गरेको छ ।

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले शुक्रबार सुचना जारी गर्दै क्यासिनोलाई विदेशी विनिमयको कारोबार गर्न इजाजतपत्र प्रदान गर्ने सम्बन्धमा 'नेपाल राष्ट्र बैंक, विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७' को परिच्छेद-४ मा व्यवस्था गरिएको उल्लेख अग्र्दै ऐनको उल्लिखित व्यवस्था बमोजिम क्यासिनो लगायतका संस्थाहरूले राष्ट्र बैंकबाट इजाजतपत्र लिएर मात्र विदेशी विनिमय (भारतीय मुद्रासमेत) को कारोबार गर्नु निर्देशन दिएको हो ।

सूचनामा भनिएको छ:

विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३ बमोजिम यस बैंकबाट इजाजतपत्र लिएर विदेशी विनिमयको कारोबार गर्नुपर्ने व्यवस्था विद्यमान रहेको छ । सोही व्यवस्थाबमोजिम विदेशी विनिमयको इजाजतपत्र प्रदान गर्ने सम्बन्धमा संस्थाहरूको प्रकृतिअनुसार यस बैंकले विभिन्न विनियमावलीहरू समेत जारी गरेको छ । क्यासिनोलाई विदेशी विनिमयको कारोबार गर्न इजाजतपत्र प्रदान गर्ने सम्बन्धमा 'नेपाल राष्ट्र बैंक, विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७' को परिच्छेद-४ मा व्यवस्था गरिएको छ । अतः ऐनको उल्लिखित व्यवस्थाबमोजिम क्यासिनो लगायतका संस्थाहरूले यस बैंकबाट इजाजतपत्र लिएर मात्र विदेशी विनिमय (भारतीय मुद्रासमेत) को कारोबार गर्नु गराउनुहुन विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी यो सूचना प्रकाशन गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर