डा. सविना श्रेष्ठको स्वरमा 'मलाई सुनको हार हैन' सार्वजनिक
प्रकाशित:
०२ भदौ २०८०
बाल नेत्ररोग बिषेशज्ञ डा.सविना श्रेष्ठको स्वरमा मलाई सुनको हार हैन गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
डिआरएस इन्टरटेन्मेन्टको युट्युब च्यानल मार्फत सार्वजनिक भएको उक्त गितको लेखन बरिष्ठ गितकार कालिप्रसाद रिजालले गरेका छन् भने म्युजिक न्युहुँ बज्रचार्यको रहेको छ ।
उक्त गितको म्युजिक भिडियोमा क्रान्ती बराइली र श्रेया बैद्यको अभिनय देख्न सकिने छ भने म्युजिक भिडियोको निर्देशन दिपक रमनले गरेका हुन् ।
गायिका डा.सविना नेपाल नेत्रज्योति संघकी केन्द्रिय सदस्य तथा किर्तिपुर आँखा अस्पतालकी व्यबस्थापन समिती अध्यक्ष समेत हुन् ।
गितको भिडियो:
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares