फरवार्ड माइक्रोफाइनान्सको नाफामा १६७ प्रतिशतको उछाल, अन्य अवस्था कस्तो ?

अर्थकागज
प्रकाशित: १४ वैशाख २०८१
Image description

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार लघुवित्तको नाफामा उल्लेख्य बृद्धि देखिएको छ ।

समिक्षा अवधिमा लघुवित्तले ११ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १६७.१६ प्रतिशतले बढि हो । लघुवित्तले गत आर्थिक वर्षको सोही अवधिसम्ममा ४ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी पनि ६.१६ प्रतिशतले बढेको छ त्यस्तै लघुवित्तको खुद सञ्चालन आम्दानी १८० प्रतिशतले बढेर १७ करोड ५७ लाख रुपैयाँ पुगेको छ । लघुवित्तको खराब कर्जा ५.८८ प्रतिशतबाट बढेर ८.२६ प्रतिशत पुगेको छ ।

लघुवित्तको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ७२ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ २६९ रुपैयाँ ३४ पैसा रहेको छ ।

प्रतिक्रियाहरू

rabindra

11 months ago

लम्बरि सुन

सम्बन्धित खबर