बुटवल पावर कम्पनीको नाफा बढ्यो, ७३ करोड बढिको विद्युत बिक्री

अर्थकागज
प्रकाशित: २९ साउन २०८२
Image description

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक वित्तिय विवरण अनुसार कम्पनीको नाफामा बृद्धि देखिएको छ ।

समीक्षा अवधिमा कम्पनीको खुद नाफा १६.५८ प्रतिशतले बढेर २२ करोड ६१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले १९ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ५.७९ प्रतिशत बढेर ७३ करोड ३७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक बर्षमा ३५ करोड २४ लाख रुपैयाँ बराबरको बिद्धुत बिक्री गरेको थियो । त्यस्तै, कम्पनीको कुल नाफा समीक्षा अवधिमा २३.९२ प्रतिशत बढेको छ ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी बढेर ६ रुपैयाँ ६३ पैसा पुगेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ २०८ रुपैयाँ २ पैसा र मूल्य आम्दानी अनुपात १४४.३९ गुणा रहेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर