सांग्रिला डेभलपमेन्टको नाफा ६.५१ प्रतिशतले बढ्यो , अन्य सूचक कस्ता ?
काठमाडौँ । बैंक तथा वित्तीय क्षेत्रमा आफूलाई अब्बलरुपमा उभ्याउन सफल बैंक हो 'सांग्रिला डेभलपमेन्ट बैंक' । अनुभवी संचालक र कुशल कार्य व्यवस्थापनको कारण बैंकको प्रगति लोभलाग्दो रहेको छ ।
बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१।०८२ को वित्तीय विवरणबाट अझ प्रष्ट भएको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुुसार कम्पनीको मुनाफा ५३ करोड ७० लाख ९५ हजार रुपैयाँ पुगेको हो । कम्पनीले आर्जन गरेको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ६.५१ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकले ५० करोड ४२ लाख ८० हजार रुपैयाँ नाफा कमाएको थियो ।
समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ९० करोड रुपैयाँबाट सामान्य घटेर १ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ ।
असार मसान्तसम्मको अवधिमा बैंकको सञ्चालन नाफा ७.७० प्रतिशतले बढेर ७५ करोड ३९ लाख ८९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको सञ्चालन नाफा ७० करोड रुपैयाँ रहेको थियो ।
यता, बैंकको वितरणयोग्य नाफा १३ करोड १८ लाख ७८ हजार रुपैयाँबाट बढेर ४१ करोड ३८ लाख ४५ हजार रुपैयाँ पुराएको छ । बैंकको खराब कर्जा भने ३.९३ प्रतिशतबाट बढेर ५.६४ प्रतिशत पुगेको छ ।चौथो त्रैमाससम्ममा कम्पनीको चुक्तापूँजी ३ अर्ब ५५ करोड ६२ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब ६० करोड सञ्चिति छ ।यसअवधिमा बैंकको प्रतिशेयर आम्दानी १५.१० रुपैयाँ र प्रतिशेयर नेटवर्थ १५६.७१ रुपैयाँ रहेको छ ।
Shares