गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति ?
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार कम्पनीले चालु आवको दोस्रो त्रैमासमा १ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आवको दोस्रो त्रैमासमा कम्पनीको खुद नाफा ३ लाख रुपैयाँ मात्रै थियो। त्यसबेला कम्पनीले व्यवसाय शुरू गरेको धेरै समय नभएकाले त्यति मात्रै नाफा गरेको हो। त्यसैगरी चालू आवमा कम्पनीले कुल आम्दानी र खुद बीमाशुल्क आर्जनमा पनि रफ्तार लिएको छ। गत आवमा २ करोड ९६ लाख रुपैयाँ कुल आम्दानी गरेकोमा चालू आवमा बढेर १५ करोड रुपैयाँभन्दा बढी पुगेको छ। त्यस्तै गत आवमा कम्पनीको खुद बीमाशुल्क आर्जन ५३ लाख रुपैयाँमात्रै रहेकोमा चालू आवमा बढेर ११ करोड ८७ लाख रुपैयाँ पुगेको छ। गत आवमा कम्पनीको जीवन बीमाकोष ३८ लाख रुपैयाँमात्रै रहेकोमा चालू आवमा बढेर ८ करोड ६२ लाख रुपैयाँ पुगेको छ। कम्पनीको चुक्ता पूँजी २५ करोड ५० लाख रुपैयाँ रहेको छ। कम्पनीले रिटेन्ड अर्निङमा ७७ लाख रुपैयाँ र महाविपत्ति कोषमा १३ लाख रुपैयाँ सञ्चित गरेको छ। नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) समेत वृद्धि भएको छ। गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी १२ पैसा मात्रै रहेकोमा चालू आवमा बढेर ४ रुपैयाँ ४१ पैसा पुगेको छ।
प्रतिक्रियाहरू
शेर बहादुर बोहरा
1 year ago
10 कित्ता को कति पैसा हुन्छ
Shares