सिटी एक्सप्रेसले ल्यायाे ‘विदेशबाट सिटी पठाऔँ, दश गुणा बढी पाऔँ’ याेजना

अर्थकागज
प्रकाशित: १४ असोज २०८०
Image description

काठमाण्डाै – सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैँ, तिहार र छठलाई लक्षित गर्दै ‘विदेशबाट सिटी पठाऔँ, दश गुणा बढी पाऔँ’ उपहार योजना घोषणा गरेको छ ।

याे योजनाअन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई १ लाख, हरेक हप्ता ५ जनालाई जनही २५ हजार, हरेक दिन १०० जना विजेतालाई जनही ५०० रुपैयाँकाे वालेट टप अप र एक जना भाग्यशाली बम्पर विजेताले आफूले पठाएको रकमको १० गुणा बढी रकम पाउने सिटी एक्सप्रेसले जनाएकाे छ ।

याे याेजना असोज १५ देखि मङ्सिर १५ गतेसम्म लागू हुनेछ । सिटी एक्सप्रेसमार्फत विदेशबाट पैसा पठाउने सेवाग्राही यो उपहार योजनामा सहभागी हुन पाउनेछन् । विजेता छनाेट गर्दा विद्युतीय प्रणालीबाट गरिने र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागू नहुने कम्पनीले जनाएकाे छ ।

सिटी एक्सप्रेसले विगत १७ वर्षदेखि रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेकाे छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर