प्रभु महालक्ष्मी लाइफले बोलायो साधारणसभा, बुक क्लोज कहिले?

अर्थकागज
प्रकाशित: ०७ पुस २०८२
Image description

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले पुस २९ गते मंगलबार काठमाडौंको गैर्हीधारास्थित सिल्भर ओक ब्याङ्क्वेट एण्ड इभेण्ट सेन्टरमा बिहान ११ बजे नवौं वार्षिक साधारणसभा बोलाएको हो । सभाले गत आर्थिक वर्ष (आव) को संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र ४.४२१ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ।

साथै गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ।

त्यसैगरी सञ्चालक समिति सदस्यको नियुक्ति अनुमोदन गर्ने, संस्थागत सामाजिक उत्तरदायित्वमा भएको खर्च अनुमोदन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस २१ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। तसर्थ पुस २० गतेसम्म नेप्सेमा कायम शेयरधनी मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।


प्रतिक्रियाहरू

सम्बन्धित खबर