आजसम्म कायम सेयरधनीहरुले मात्र कामना सेवा विकास बैंकको लाभांश पाउने
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज असोज १४ गते सोमबार अन्तिम दिन रहेको छ ।
बैंकले लाभांश तथा साधारणसभा प्रयोजनार्थ असोज १५ गते मंगलबार बुक क्लोज गर्ने निर्णय गरेको थियो त्यसैले असोज १४ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
कम्पनीले विद्यमान चुक्ता पूँजीको चुक्ता पूँजीको ७ प्रतिशतका दरले बोनस शेयर र बोनस शेयरको कर प्रयोजनार्थ समेत गरि ५ प्रतिशत नगद लाभांश गरी कुल १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
कम्पनीको १८ औँ वार्षिक साधारणसभा असोज ३० गते, बुधबार, लिसारा रिसेप्शन, भगवती बहाल, नक्साल, काठमाडौँमा बोलाएको हो। सो सभा बिहान १०ः३० बजे शुरु हुनेछ।
त्यस्तै, सभाले प्रतिकित्ता १०० रुपैयाँका दरले ३५ करोड रुपैयाँ बराबरको वार्षिक ९ प्रतिशत लाभांश दर कायम हुनेगरी अविमोच्य असञ्चित अग्राधिकार शेयर जारी गरी प्राथमिक पूँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायका प्रस्तावहरु पनि पारित गर्नेछ।
Shares