नागरिक लगानी कोषको नाफामा ६ प्रतिशतले बढ्यो
नागरिक लगानी कोष लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार बैंकको नाफामा बृद्धि देखिएको छ ।
यस अवधिमा कोषले ५४ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.३८ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कोषले ५१ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा कोषको खुद ब्याज आम्दानी ८.०७ प्रतिशतले बढेको छ भने सञ्चालन मुनाफा पनि ४.५७ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा कोषको सेवा शुल्क तथा कमिशन आम्दानी १२.०९ प्रतिशत बढेको छ। त्यसैगरी, कोषको कुल आम्दानी १०.८१ प्रतिशत बढेको छ भने कुल खर्च ३१.०२ प्रतिशत बढेको छ।
पुस मसान्तसम्ममा कोषको प्रतिशेयर आम्दानी २० रुपैयाँ ५५ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ ८ पैसा रहेको छ ।
प्रतिक्रियाहरू
Ishwor shrestha
2 years ago
Bonas kahile dineho sir
Shares