सन नेपाल लाइफको आईपीओ खुल्दै, प्रतिकित्ता २३९ रुपैयाँ !

अर्थकागज
प्रकाशित: २३ साउन २०८०
Image description

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले साउन ३२ गते साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । 

यस अघि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ जारी गरी बाँडफाँट समेत गरिसकेको छ । 

इन्स्योरेन्सले आफ्नो जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता साधारण सेयर निष्काशन गर्ने अनुमति बोर्डबाट पाएको थियो । जसमध्ये  पहिलो चरणमा ९ लाख ६० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी सकेको छ ।  बाँकी रहेको मध्य ४ लाख ८० हजार कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ भने ४ लाख ८० हजार कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित राखिएको छ ।

अब सर्वसाधारणलाई बाँकी रहेको ७६ लाख ८० हजार कित्ता खुल्ने भएको हो। यस सेयर प्रतिकित्ता १०० अंकित मूल्यमा १३९ रुपैयाँ थप गरी कुल २३९ रुपैयाँमा बिक्रीलाई खुल्दै छ । 

आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । 

आईपीओमा आवेदन दिन इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा  ‘मेरो सेयर’ प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयरएनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले इन्स्योरेन्स वित्तीय दायित्व बहन गर्न सक्षम रहेको औषतस्तरको सुरक्षित कम्पनी रहेको संकेत गर्दछ । 

साउन ३२ गतेदेखि निश्कासन भएको आईपीओ भदौ ४ गतेसम्म आवेदन दिन सक्नेछन्।कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ड बैंकिङ्ग  रहेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर