डिम्याट नवीकरण नगरेकाले सेयरमा आवेदन दिन नपाउने

अर्थकागज
प्रकाशित: १७ भदौ २०८०
Image description

काठमाडौं । डिम्याट खाता नवीकरण नगरेका लगानीकर्ताले सेयरमा आवेदन दिन नपाउने भएका छन् । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले डिम्याट खाता नवीकरण नगरेका लगानीकर्ताको मेरो सेयर रोक्का गर्ने निर्णय कार्यान्वयनमा ल्याएको छ ।

भदौ १५ गतेदेखि डिम्याट खाता नवीकरण नगरेका लगानीकर्ताको मेरो सेयर समेत रोक्का राखिएको सिडिएस एण्ड क्लियरिङ्गका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले अर्थ कागजलाई बताएका छन् ।

लगानीकर्ताले आफ्नो डिम्याट खाताको वार्षिक शुल्क प्रत्येक वर्ष समाप्त हुनु अगावै आफ्नो निक्षेप सदस्य (डिपी) लाई बुझाउनु पर्ने व्यवस्था रहेकोमा सो अनुसार शुल्क नबुझाउने लगानीकर्ताको डिम्याट खाता निक्षेप सदस्यले रोक्का राख्ने भएकाले यस्ता लगानीकर्ताले सेयर बिक्री गर्दा खाता रोक्का भएका कारण इडिआईएस हुन नसकी क्लोज आउट पर्ने देखिने छ ।

सिडिएस एण्ड क्लियरिङ्गले लगानीकर्तालाई तत्काल डिम्याट खाता नविकरण गर्न सवै लगानीकर्तालाई आग्रह गरेको छ । डिम्याट नवीकरण नगर्नेले बजारमा निश्कासन भैरहेको आईपीओ र हकप्रद सेयरमा आवेदन दिन सक्ने छैनन् । 

यस अघि हेडिङ अन्यथा भएकोले सच्चाइएको छ-स 


प्रतिक्रियाहरू

सम्बन्धित खबर