माथिल्लो मैलुङ खोलाको आईपीओ शुक्रबार बाँडफाँड हुने, सेयर पाउने भाग्यमानी कति ?

अर्थकागज
प्रकाशित: ३० असोज २०८०
Image description

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले सर्वसाधारणहरुका लागि निष्कासन गरेको आईपीओ कात्तिक ३ गते बाँडफाँड हुने भएको छ । उक्त आईपीओ यही शुक्रबार बाँडफाँड हुने निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्ममा १२ लाख ४९ हजार १ सय ७ जना आवेदकले १ करोड ३८ लाख ८० हजार ५ सय ९० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा १० दशमलव ८० गुणा बढी आवेदन हो । जसमध्ये १ लाख २८ हजार ४ सय २० जना आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गर्नेछन् ।

कम्पनीले असोज १८ गतेदेखि असोज २२ गतेसम्म सर्वसाधारणका लागि १२ लाख ८४ हजार २ सय कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गरेको थियो ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर