कामना सेवा विकास बैंकको बार्षिक साधारणसभाबाट १२ प्रतिशत लाभांश पारित
काठमाडौं । कामना सेवा विकास बैंकको १८ औं वार्षिक साधारणसभा आज लिसारा रिसेप्सन, नक्साल, काठमाडौंमा सम्पन्न भएको छ ।बैंकको संचालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न उक्त वार्षिक साधारण सभाबाट ७ प्रतिशत बोनस शेयर तथा ५ प्रतिशत नगद लाभाशं (कर समेत) गरि कुल १२ प्रतिशत लाभाशं पारित गरेको छ ।
साथै, उक्त साधारणसभावाट लेखा परीक्षकको प्रतिवेदन सहित आ.व.२०८०।८१ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही आ.व.को नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाव लगायत वित्तिय विवरणसँग सम्बन्धित अनुसूचीहरु सर्वसम्मतीले पारित गरेको छ । त्यसैगरी सभाले १०० रुपियाँ दरले ३५ करोड रुपियाँ बराबरको वार्षिक ९ प्रतिशत लाभाशं दर कायम हुने गरी अविमोच्य असञ्चिती अग्राधिकार शेयर जारी गर्ने, प्राथमिक पुँजी वृद्धी गर्ने, र प्रबन्धपत्र तथा नियमावलीमा संसोधन गर्ने लगायतका प्रस्तावहरु समेत पारित गरेको छ ।
var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))};
document.write('
');
Shares