सोल्टी होटेलको पुस ४ गते साधारणसभा, सेयरधनीलाई बम्पर लाभांश

प्रकाशित:
१४ कात्तिक २०८१

काठमाडौं । सोल्टी होटेल लिमिटेडले साधारणसभा बोलाएको छ । कम्पनीको कार्तिक १३ गते बसेको संचालक समितिको बैठकले साधारणसभा बोलाउनुका साथै सेयरधनीलाई लाभांश पनि घोषणा गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको १० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागि समेत गरि २६.८४२१०५२६ प्रतिशत नगद लाभांश गरि कुल ३६.८४२१०५२६ प्रतिशत लाभांश वितरण गर्ने लाभांश गरेको हो । कम्पनीको आगामी साधारणले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।
कम्पनीले पुस ४ गते साधारणसभा गर्ने भएको छ। कम्पनीले साधारणसभाको लागि मङ्सिर १३ देखि बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर १२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares