विजय लघुवित्तको FPO बाँडफाँट, लक्की नम्वर १ र २

अर्थकागज
प्रकाशित: ०६ माघ २०८२
Image description

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन गरेको एफपीओ आज बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा बाँडफाँट सम्पन्न भएको छ ।

लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ निष्काशन गरेको थियो। सो निष्काशनमा २१ लाख ९९ हजार २६ जनाले २ करोड ५० लाख ४१ हजार कित्ताका लागि आवेदन दिएका थिए। जसमध्ये २१ लाख ९६ हजार ३४ जनाको आवेदन स्वीकृत भएका छन् भने बाँकी आवेदन रद्द भएका छन्।

मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत लघुवित्तको एफपीओ बाँडफाँट गरिएको छ। जसमध्ये ४६ हजार ६८१ जनाले १० कित्ताका दरले लघुवित्तको शेयर प्राप्त गरेका छन्। यसरी बाँडफाँट गर्दा शेष रहेको ७ कित्ता शेयर सोही लगानीकर्ताहरुमा बाँडफाँट गरिएको छ। जसअनुसार ७ जना आवेदकले थप एक कित्ता अर्थात कुल ११ कित्ताका दरले लघुवित्तको शेयर प्राप्त गरेका छन्।


प्रतिक्रियाहरू

सम्बन्धित खबर