सगरमाथा लुम्बिनी इन्स्योरेन्सको बार्षिक साधारणसभा विरोध गर्दै सेयरधनीले भने- प्रोमोटरलाई काख, सर्वसाधारणलाई पाख किन ?

अर्थकागज
प्रकाशित: २७ वैशाख २०८२
Image description

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स लिमिटेडको बार्षिक साधारणसभामा नगद लाभांशलाई लिएर सेयरधनीहरुले चर्काे विरोध गरेका छन् । कम्पनीले गत आर्थिक वर्ष २०८० ८१ को मुनाफाबाट कर सहित १५ प्रतिशत नगद लाभांश दिएको थियो । सोही १५ प्रतिशत नगद लाभांशको सेयरधनीहरुले चर्काे विरोध गरेका हुन् । लाभांश धेरै भयो भनेर नभई नगद मात्रै भएको भन्दै चर्काे विरोध गरेका हुन् ।
साधारणसभा बोल्दै सेयरधनी डम्बरुबल्लभ घिमिरेले भने-'नगद मात्रै लाभांश दिएर प्रोमोटर काख र साना तथा पव्लिक कम्पनीहरुलाई पाखको व्यवहार किन गरेको ? अर्काे आर्थिक वर्षमा नगद र बोनस सेयरको अनुपात ५० प्रतिशत हुने पर्ने व्यवस्थापनसँग माग गरेका छन् । '
त्यसै गरी सभामा बोल्ने इन्द्र कृष्ण श्रेष्ठले कम्पनीको खर्चको चर्काे विरोध गरेका थिए । अध्यक्ष र सिईओ चंकी क्षेत्रीले परिवारको सवै मनोरन्जन गरेको खर्चको बील कम्पनीको पेश गरेको भन्दै सिईओ माथि प्रश्न चिन्ह तेर्साएका थिए । गत आर्थिक वर्षमा कम्पनीको मनोरन्जन खर्च मात्रै १ करोड ६८ लाख ४२ हजार रुपैयाँ र्खच गरेको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर