युनाईटेड मोदी हाइड्रोपावरले डाक्यो साधारणसभा, १०० प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव
काठमाडौं । युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडले १०० प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव सहित साधारणसभा आह्वान गरेको छ । कम्पनीको फागुन १३ गते बसेको संचालक समिती बैठकले चैत्र २९ गतेका लागि साधारणसभा आह्वान गर्ने निर्णय गरेको हो ।
कम्पनीको १० औँ बार्षिक साधारणसभा चैत्र २९ गते बिहान ११ बजेदेखि कालिमाटी ब्याङ्क्वेट काठमांडौमा सुरु हुनेछ । सभाले बिद्युत नियमन आयोगबाट माघ २२ गते प्राप्त स्विकृति बमोजिम हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ ।
नयाँ जलविद्युत अयोजनामा लगानी गर्न कम्पनीले हकप्रद सेयर जारी गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनील निर्माणधिन ५० मेगावाट क्षमताको युनाईटेड मेवा हाइड्रोपावर लिमिटेडमा ६७ करोड ५० लाख रुपैयाँ लगानी गरिसकेको छ ।
कम्पनीले हकप्रद सेयर निष्कासनको लागि सिटिजन्स क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।
Shares