रसुवागढी हाइड्रोपावरले एकै पटक डाक्यो २ वर्षको साधारणसभा, लगानीकर्तालाई छैन लाभांश


काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले एकै पटक २ आर्थिक बर्षको साधारण सभा आह्वान गरेको छ । कम्पनीको जेठ १२ गते सनिबार बसेको सञ्चालक समिती बैठकले कम्पनीको १० औँ र ११ औँ साधारणसभा असार ११ गते गर्ने निर्णय गरेको हो ।
कम्पनीका अनुसार सभा असार ११ गते बिहान ११ बजेदेखि कुन्डलिनी दरबार ब्याङ्क्वेट चण्डोल काठमांडौमा हुने छ । कम्पनीले दुबै आर्थिक बर्षको मुनाफाबाट लाभांश वितरणको प्रस्ताव गरेको छैन त्यसैले यो बर्ष सेयरधनीहरुको हात खालि हुनेछ ।
सभाले आर्थिक वर्ष २०७८–७९ र २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाब, अध्यक्षको बार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने लगाएता ऐजेन्डा पारित गर्नेछ । त्यस्तै सभाले १ जना सर्वसाधारण समूहबाट र २ जना स्वतन्त्र गरी ६ जना नयाँ संचालकहरुको समेत चयन गर्नेछ ।
कम्पनीले साधारणसभा प्रयोजनार्थ जेठ २३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ, त्यसैले जेठ २२ गतेसम्म कायम सेयरधनीले साधारण सभामा सहभागी हुन सक्नेछन् ।
Shares