टक्सार पिखुवा खोलाले फागुन २७ गतेदेखि पहिलो चरणको आईपीओ बिक्री खुला गर्ने

अर्थकागज
प्रकाशित: १२ फागुन २०८२
Image description

काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले पहिलो चरणको आईपीओ फागुन २७ गतेदेखि निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले आयोजना प्रभावित भोजपुर जिल्लाका स्थानीय तथा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पहिलो चरणमा आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले स्थानीयलाई १२ लाख कित्ता शेयर निष्काशन गर्ने छ। यस निष्काशनमा स्थानीयले न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन्। स्थानीयले छिटोमा चैत्र ११ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा चैत्र २६ गतेसम्म आवेदन दिन सक्ने छन्।

त्यस्तै कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ३ लाख ३ हजार ६७ कित्ता शेयर निष्काशन गर्ने छ। यस समुहमा आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सकिने छ। यस निष्काशनमा चैत्र १ गतेसम्म आवेदन दिन सकिने छ ।त्यसपछि कम्पनीले सर्वसाधारणलाई २५ लाख १५ हजार ४ सय ५५ कित्ता शेयर निष्काशन गर्ने छ।

धितोपत्र बोर्डले फागुन १ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो। यस कम्पनीले भोजपुरमा ८ मेगावाट क्षमताको टक्सार पिखुवाखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७८ वैशाख १ गते व्यापारिक उत्पादन गरिरहेको छ


प्रतिक्रियाहरू

सम्बन्धित खबर