नेप्से ३२.४५ अंकले घट्दा ५ अर्ब ६५ करोडको कारोबार


काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३२.४५ अंकले घटेर २६७०.९४ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से २.८१ अंकले बढेर २७०२. ८६ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका २३ कम्पनीको शेयरमूल्य बढेको छ । भने २२१ कम्पनीको शेयरमूल्य घटेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा गिरावट देखिएको छ । आज बजारमा पाँच अर्ब ६५ करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा सात अर्ब ८४ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज हिमालयन रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ५० करोड ३६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा बुटवल पावर कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ६.७५ प्रतिशतले बढेको हो । आज हिमालयन पावर पार्टनरको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ ।
Shares