नेशनल हाईड्रो पावरको साधारणसभा स्थगित !

अर्थकागज
प्रकाशित: २२ मंसिर २०८०
Image description

काठमाडौं । नेशनल हाईड्रो पावर कम्पनीको २७ औं वार्षिक साधारणसभा स्थगित भएको छ । कम्पनीले आज डेलिश ओपेरा रेष्ट्रो एण्ड बैंक्वटमा साधारणसभा बोलाएको थियो । विहान ११ बजे बोलाएको साधारणसभामा सर्वसाधारण सेयरधनीको उपस्थिति रहेको थियो ।

ठिक ११ बजे सभा हलमा संचालक समितिका पदाधिकारीहरु र सेयरधनीहरुको उपस्थितिबीच कम्पनी सन्जिव लामाले साधारणसभा (कोरम) संचालन गर्न चाहिने ५१ प्रतिशत सेयरधनीको उपस्थिति नभएको भन्दै सभा स्थगित भएको घोषणा गरेको थिए । कम्पनीको २ करोड ४६ लाख कित्ता सेयरमध्ये साधारणसभामा १ लाख ८६ कित्ताको मात्रै उपस्थित भएको थियो ।

साधारणसभा स्थगित भएसँगै संचालक समितिका सदस्य बिश्वेश्वर सुवेदीले  पुष ०६ गतेको अर्काे साधारणसभा हुने तिमि सेयरधनीलाई सुनाएका थिए । अर्काे साधारणसभामा २५ प्रतिशत सेयरधनी भएपनि साधारणसभा हुनेछ ।

साधारणसभा स्थगित हुने घटना यस कम्पनीमा अहिले मात्र होइन, अघिल्लो वर्षहरुमा पनि पहिलो मितिमा साधारणस हुन नसकि दोस्रो मितिमा हुने गरेको थियो । सेयरधनीलाई लाभांश भने छैन । सभाले कम्पनीको प्रबन्ध पत्रको दफा समेत संशोधन गर्नेछ । 

साधारणसभा स्थगित भएपछि कम्पनी संचालक समितिको कामकारवाही प्रति सेयरधनीले बिरोध गरेका थिए । 

कार्यकारी अध्यक्षको मनलाग्दी चरित्रले नेशनल हाईड्रो पावर खोक्रो बन्दै ! अर्काे भागमा ...


प्रतिक्रियाहरू

सम्बन्धित खबर