‘नबिल ब्यालेन्स फण्ड २’ ले ९.६ प्रतिशत लाभांश दिने

प्रकाशित:
१२ असोज २०८०

काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तगर्त सञ्चालित ‘नबिल ब्यालेन्स फण्ड २’ ले इकाइधनीलाई ९.६ प्रतिशत नगद लाभांश दिने भएको हो ।
नबिल बैंक कोष प्रवर्द्धक र नबिल इन्भेष्टमेन्ट बैंक योजना व्यवस्थापक रहेको उक्त सामूहिक लगानी योजनाले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट इकाइधनीलाई उक्त प्रतिफल प्रस्ताव गरेको हो ।
म्युचुअल फण्ड योजना व्यवस्थापकको सञ्चालक समितिको बिहीबार बसेको बैठकले उक्त प्रतिफल पारित गरेको हो ।
प्रतिफल वितरण प्रयोजनार्थ फण्डले असोज २६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। जसअनुसार असोज २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले फण्डले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्।
फण्डको कोष प्रबर्धक नबिल बैंक लिमिटेड रहेको छ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares