सुनको मूल्यमा प्रतितोला ११ सयले गिरावाट
प्रकाशित:
११ साउन २०८२
काठमाडौं । आज आइतबार सुनको भाउ घटेको छ । शुक्रबार प्रतितोला १ लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा १ हजार १ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९३ हजार ६ सय रुपैयाँमा आईपुगेको हो ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ६५ हजार ९ सय ८० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा ५० रुपैयाँले घटेर प्रतितोला २ हजार २ सय ९० रुपैयाँमा आइपुगेको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ९ सय ६३ रुपैयाँ ५० पैसा तोकिएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares