बैंकहरुले ब्याज बढाएर लगानीको वातावरण बिथोलेः अर्थमन्त्री

अर्थकागज
प्रकाशित: ०३ असोज २०८०
Image description

अर्थमन्त्री डा.प्रकाशशरण महतले बैंकहरुले ब्याज बढाएर लगानीको वातावरण बिथोलेको आरोप लगाएका छन् । सरकार लगानीको वातावरण बनाउँदै उत्पादनमा केन्द्रित हुनेगरी अघि बढिरहेको बेला बैंकहरुले ब्याजदर बढाएर लगानीको वातावरण बिथोल्ने काम गरिरहेको बताए ।

‘अर्थतन्त्र चलायमान बन्दै गएको छ, बढ्दो रेमिटान्सले मुलुकभित्र पुँजी वृद्धि गरिरहेको छ । तर, बैंकहरुले निरन्तर बढाएको ब्याजका कारण लगानीको वातावरण बिथोल्ने काम भइरहेको छ’ अर्थमन्त्री महतले भने, ‘यस्तो तत्त्व र चेन ब्रेक गर्न आवश्यक छ ।’ अर्थमन्त्री महतले भने ।

निक्षेप तथा कर्जा सुरक्षण कोषको संवरण वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री डा.महतले यस्तो बताएका हुन् ।

प्रतिक्रियाहरू

bharat kumar shrestha

2 years ago

कबाडि गाडि भित्रायर रकम बिदेस पठाने काममा छन सबै बैक हरु देसलाई कबाड खाना बानायो नेतार लुटेरा सिमित निहित सोरथ लिने बेकतिले यसलाई रोकन नसकनु गवार पाटिको गबरनरको हातहो

सम्बन्धित खबर