रिलायवल नेपाल लाइफको सिइओको तलव/भत्ता १ करोड ६२ लाखमाथि, संचालकले कति बुझे भत्ता ?
काठमाडौं । रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७९/८० मा प्रमुख कार्यकारी अधिकृत (सिईओ) को लागि १ करोड ६२ लाख ६६ हजार ८८ रुपैयाँ खर्च गरेको छ । कम्पनीको सिइओमा नारायण बाबु लोहनी रहेका छन् ।
कम्पनीले सिइओलाई निश्चित वार्षिक तलव भत्ता ७८ लाख २४ हजार ७३६ रुपैयाँ, संचयकोष तथा बिदा वापत ८ लाख १९ हजार ८९६ रुपैयाँ, दशौं भत्ता ५ लाख ८५ हजार ६४० रुपैयाँ, मोटर सुविधा भत्ता ४१ लख १ हजार ५६४ रुपैयाँ र कर्मचारी बोनस २९ लाख ३४ हजार २५२ रुपैयाँ खर्च गरेको छ । त्यसै गरी संचालक समितिले गत आर्थिक वर्षमा बैठक वापत ९ लाख ६८ हजार रुपैयाँ र यातायात तथा संचार वापत ८ लाख ४५ हजार २५२ रुपैयाँ बुझेका छन् । संचालकमा उदय नेपाली श्रेष्ठ अध्यक्ष, सदस्यहरुमा अन्जु पाण्डे पन्त, इन्द्रप्रसाद शर्मा, शरदचन्द्र पौडेल र डा.प्रकाश भट्टराई रहेका छन् ।
कम्पनीले व्यवस्थापन खर्च वापत ६६ करोड ८ लाख गरेको छ । कम्पनीको सातौ वार्षिक साधारणसभा सोमबार अर्थात माघ २९ गते लिसरा व्यांकेट, ज्ञानेश्वर काठमाडौंमा बोलाएको छ ।
प्रतिक्रियाहरू
Bikram Kumar Rajbanshi
2 years ago
CEO salary to much. Management not good .
Shares