नेप्सेको सीईओका लागि पाँच जनाको नाम सर्टलिस्ट, कसले मर्ला बाजी ?
प्रकाशित:
०२ चैत २०८१
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन दिएकामध्ये पाँच जना सर्टलिस्टको सूचीमा समावेश भएका छन्। सर्टलिस्ट सूचीमा समावेश हुनेमा चुडामणी चापागाईँ, नारद कुमार लुईटेल, पूर्ण प्रसाद आचार्य, बद्री प्रसाद प्याकुरेल र हेमन्त बस्याल रहेका छन्। उनीहरूलाई शैक्षिक योग्यता र व्यावसायिक कार्य योजनाको मूल्याङ्कन गर्दा सबैभन्दा बढी अंक प्राप्त गरेकाले सर्टलिस्ट गरिएको समितिले जानकारी दिएको छ।
साथै उनीहरूलाई चैत ६ गते बुधबार व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि अर्थ मन्त्रालयमा बोलाइएको छ। अन्तर्वार्ता बिहान ७ बजेदेखि नै शुरू हुने समितिले जनाएको छ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares