आजसम्म कायम सेयरधनीहरुले मात्र यी २ कम्पनीको लाभांश पाउने

अर्थकागज
प्रकाशित: ०५ असोज २०८१
Image description

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा सुचिकृत २ कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज आईतबार अन्तिम दिन रहेको छ । सिईडिबि हाईड्रोपावर डेभलपमेन्ट कम्पनी र ओरेन्टल होटलले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीहरुले साधारणसभा तथा लाभांश प्रयोजनार्थ भोली असोज ७ गते बुक क्लोज गर्नेछ त्यसैले आज असोज ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु प्रस्तावित लाभांश प्राप्त गर्न र सभामा सहभागी लिन पाउनेछन्।

सिईडिबि हाइड्रोपावर डेभलपमेन्टले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशतका दरले बोनस सेयर र बोनस पश्चात ५४.५ प्रतिशत हकप्रद निष्काशनको घोषणा गरेको छ। उक्त प्रस्ताव पारित गर्न कम्पनीले असोज २१ गते, कालिमाटी ब्याङ्क्वेट, कालिमाटी, काठमाडौँमा वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान १० बजे शुरु हुनेछ।

त्यस्तै ओरियन्टल होटल्स लिमिटेडले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२६३१६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव गरेको छ । उक्त प्रताव पारित गर्न कम्पनीले असोज २० गते, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा २७ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।


प्रतिक्रियाहरू

Pankaj Ray

1 year ago

Pankaj

Pankaj Ray

1 year ago

Pankaj

सम्बन्धित खबर