एनएलजी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थकागज
प्रकाशित: २३ माघ २०८०
Image description

एनएलजी इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले लाभांश तथा साधारणसभा प्रयोजनार्थ माघ २५ गते बुकक्लोज गर्ने निणय गरेको थियो त्यसैले आज माघ २४ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र लाभांश र सभामा सहभागि हुन पाउने छन् ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ५.५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२८ प्रतिशत नगद लाभांश गरी कुल ५.७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

इन्स्योरेन्सले फागुन ३ गते, बिहीबार, आम्रपाली ब्याङ्क्वेट, थिरबम सडक, बालुवाटार, काठमाडौँमा १८ औँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर