आज नेपाल ल्यूब आयलको २५ प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम दिन

अर्थकागज
प्रकाशित: ०१ असोज २०८१
Image description

काठमाडौं । आज नेपाल ल्यूब आयल लिमिटेडको २५ प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ असोज ४ गतेदेखि १८ गतेसम्म बुकक्लोज गर्दैछ।

असोज ३ गते अर्थात भोली संविधान दिवसको सार्वजनिक बिदा परेका कारण कम्पनीको बुकक्लोज अघिको अन्तिम कारोबार दिन आज हो। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीले असोज १८ गते, याक प्यालेस, पुल्चोक, ललितपुरमा ३३ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान साढे ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने र प्रिमियम मूल्यमा थप सार्वजनिक निष्काशन (एफपीओ) गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले एफपीओ निष्काशनपश्चात प्राप्त पूँजीको उपयोग, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर