घलेम्दी हाइड्रोको नाफामा उछाल
प्रकाशित:
२४ कात्तिक २०८१
काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको नाफा बढेको छ ।
असोज मसान्तसम्ममा कम्पनीले ७४ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद मुनाफा ३ करोड १३ लाख रुपैयाँ ऋणात्मक रहेको थियो ।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी २ कराड ३ लाख रुपैयाँबाट बढेर ४ करोड ६६ हजार रुपैयाँ पुगेको छ । १ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष भने १९ करोड ९४ लाख रुपैयाँ ऋणात्मक रहेको छ। असोज मसान्तसम्ममा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १ रुपैयाँ ८१ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ९८ रुपैयाँ ९१ पैसा रहेको छ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares