एकसय एघारौँ पटक रक्तदानः रेडक्रसद्धारा सम्मान

माधव पोखरेल
प्रकाशित: २१ मंसिर २०८०
Image description

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ११ की महिला अधिकार कर्मी तथा सामाजिक अभियन्त माया भण्डारीले आज १ सय ११ औं पटक रक्तदान गरेर रेकर्ड कायम गरेकी छिन भने रेडक्रस उदयपुरले उनलाई रेडक्रसको टोपी लगाई दिएर सम्मानसमेत गरेको छ ।

१६ दिने लैङ्गिकहिंसा विरुद्धको अभियानको अवसरमा शुक्रबार आयोजित रक्तदान कार्यक्रममा माया भण्डारीले १ सय ११ औं पटक रक्तदान गरेकी हुन् ।

त्रियुगा नगरबासीहरुलाई सहजै रक्त उपलब्ध गराउने हाम्रो अभियान भन्ने मुल नाराका साथ त्रियुगा नगरपालिकाको सहयोगमा उदयपुर जेसिजको तथा गैरसरकारी संस्थाको समन्वय र नेपाल रेडक्रस सोसाइटी त्रियुगा नगर शाखाको आयोजनामा भएको सो रक्तदान कार्यक्रमको त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेत र उपमेयर महेश्वरी राईले संयुक्त रुपमा प्रारम्भ गर्नु भएको थियो ।

सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उदयपुरका सभापति मदनराज कटुवाल, रेडक्रसका त्रियुगा नगर शाखाका सभापति अमृत हमाल तथा अन्य रेडक्रस कर्मीहरुको र स्थानीय सामाजिक संघ संस्थाका प्रतिनिधिहरुका साथै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको समेत रक्तदान कार्यक्रममा बाक्लो उपस्थिति रहेको थियो । var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))}; document.write('');

प्रतिक्रियाहरू

सम्बन्धित खबर