अरुण भ्यालीको लिलामी सेयर बाँडफाँड, कटअफ मूल्य कति ?

अर्थकागज
प्रकाशित: ०२ जेठ २०८१
Image description

अरुण भ्याली हाईड्रोपावर कम्पनी लिमिटेडले लिलामीमा ल्याएको अवितरित हकप्रद सेयरको बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले वैशाख १० गतेदेखि १९ लाख ९२ हजार १३४ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको थियो ।

कम्पनीको लिलामी सेयरको कटअफ मूल्य प्रतिकित्ता १४३.५० रुपैयाँ कायम भएको छ । अब कटअफ मूल्य वा सो भन्दा बढि मूल्यमा आवेदन गर्नेहरुले सेयर प्राप्त गर्नेछन् भने सो भन्दा कम मूल्यमा आवेदन गर्नेहरुको रकम जेठ ४ गते विहिबारदेखि कनेक्ट आईपीएस मार्फत फिर्ता गरिने कम्पनीले जनाएको छ ।

यसअघि कम्पनीले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद बिक्री खुला गरेको थियो । सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याउन लागेको हो ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर