हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा

अर्थकागज
प्रकाशित: २९ माघ २०८१
Image description

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको ८.७५ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव गरेको हो ।यो लाभांश नियामक निकाय नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर