गुण्डुमा 'ओली कुटी' को निर्माण सुरु, राधिका शाक्यले गरिन् शिलान्यास
प्रकाशित:
१८ मंसिर २०८२
भक्तपुर । भक्तपुरको गुण्डुमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि घर निर्माण कार्य सुरु गरिएको छ ।
एमाले नेता महेश बस्नेतका अनुसार बिहीबार ओली पत्नी राधिका शाक्यले घरको शिलान्यास गरेर निर्माण कार्य शुरु भएको हो ।
बस्नेतकै अगुवाईमा ओलीका लागि ‘ओली कुटी’ निर्माण सुरु गरिएको छ । यसअघि भक्तपुरको बालकोटमा रहेको ओलीको घर जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आगजनीबाट ध्वस्त भएको थियो । जेनजी आन्दोलनपछि ओली गुण्डुमै बस्दै आएका छन् ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares