७५.२४ अंकले बढेको सेयर बजारमा १४ अर्बमाथिको कारोबार

अर्थकागज
प्रकाशित: १७ फागुन २०८१
Image description

काठमाडौं । साताको पहिलो दिन आज नेप्से सूचक २८९०.२८ अंकमा अर्थात करिब २९ सय विन्दु नजिक आएको पुगेको छ । आज ३०२ कम्पनीको २ करोड ९१ लाख ६६ हजार ६५६ कित्ता सेयर किनबेच हुँदा १४ अर्ब २५ करोड ४ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन म्युचुअल फण्ड समूह बाहेक अन्य सबै सूचकमा हरियाली देखिएको छ । बजार बैंकिङ समूहको २.५३ प्रतिशत, विकास बैंक समूहको ३.८८ प्रतिशतले सेयर मूल्य बढेको छ ।आइतबार १९६ कम्पनीको सेयर मूल्य बढेको छ भने ४४ कम्पनीको घटेको छ । आज ६ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर