बाढीपीडितलाई सिटिजन्स् बैंकद्वारा २५ लाख सहयोग

अर्थकागज
प्रकाशित: ११ असोज २०८१
Image description

काठमाडौँ । निरन्तरको वर्षा, बाढी र पहिरोको कारण भएको जनधनको क्षतिको उद्धारका लागि सिटिजन्स् बैंकले २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको हो । शुक्रबार र शनिबारको वर्षापछि उद्धार राहत घोषणा गर्ने सिटिजन्स् बैंकले जनाएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्त्व (सीएसआर) अन्तरगत उक्त रकम सहयोग गर्ने निर्णय भएको बैंकले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर