नेरुडे मिर्मिरेको साढे तीन लाख कित्ता शेयर बिक्रीमा

अर्थकागज
प्रकाशित: १६ वैशाख २०८२
Image description

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले १० जना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको कुल ३ लाख ५६ हजार ७०८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

लघुवित्तका अनुसार यो शेयर जोकोही व्यक्ति वा संघसंस्थाले खरिद गर्न पाउनेछन् । यसअघि संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्री खुलाइसकिएको छ ।

शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले ३५ दिनभित्र लघुवित्तको बैंकको केन्द्रीय कार्यालय बनेपा–८, काभ्रेपलान्चोकमा लिखित निवेदन पेश गर्नपर्नेछ ।


प्रतिक्रियाहरू

Rana jang

11 months ago

Kharid garney

सम्बन्धित खबर