१०० प्रतिशत हकप्रदको प्रस्ताव पारित गर्न बुद्धभुमी नेपाल हाइड्रोको विशेष साधारणसभा आज बस्दै

प्रकाशित:
३० जेठ २०८१

काठमाण्डौ । बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको विशेष साधारणसभा आज जेठ ३० गते बुधबार बिहान १० बजे बजे कम्पनीको रजिष्टर्ड कार्यालय पानीपोखरी काठमांडौमा सुरु हुँदैछ ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः१ को अनुपात अर्थात १०० प्रतिशत हकप्रद सेयर निष्काशनको प्रस्ताव सहित विशेष साधारणसभा बोलाएको छ । कम्पनीको जेठ १४ गते बसेको संचालक समिती बैठकले बिशेष साधारणसभा बोलाउने निर्णय गरेको थियो ।
सभाले हकप्रद निष्काशनको प्रस्तावसहित पुँजी बृद्धिको प्रस्ताव समेत पारित गर्नेछ । कम्पनीले विशेष साधारणसभा प्रयोजनार्थ जेठ २३ गते १ दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको थियो त्यसैले जेठ २२ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरु मात्र सभामा सहभागी हुन सक्नेछन् ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares