प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स एनसीएचएलमा आबद्ध

अर्थकागज
प्रकाशित: ११ पुस २०८१
Image description

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरूलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरू प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न दुई संस्थाहरु बीच सम्झौता भएको छ । सम्झौता पत्रमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाइ र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता पश्चात प्रभु महालक्ष्मी इन्स्योरेन्सको आन्तरिक प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस (NPI) सँग जोडी विभिन्न भुक्तानी उपकरणहरू प्रयोग गर्न सक्नेछन् । यस अन्तर्गत प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले NCHL-IPS / RPS प्रणालीहरू मार्फत आफ्ना प्रिमियम भुक्तानी लगायतका विभिन्न संकलनका करोबारहरु तथा एजेन्ट कमिसन, तलब, भेण्डर भुक्तानी, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषका भुक्तानी लगायतका विभिन्न प्रकारका भुक्तानी सम्बन्धी कारोबारहरू आफ्ना तथा लाभग्राहीहरूका बैंक खातामा सोझै गर्न सक्नेछन् । सेवा लाईभ भए सँगै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले NPI प्रयोग गरी आफ्ना बिमाकर्ताहरूलाई रिण भुक्तानी गर्न थालिसकेको छ र भविष्यमा अन्य भुक्तानीहरू पनि क्रमिक रुपमा लागू हुने योजना रहेको छ ।

एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरूको एकीकृत इन्टरफेसको रुपमा ओपन एपीआईको अवधारणामा विकास गरिएको NPI मा हाल ५३ सदस्य बैंक वित्तीय संस्थाहरु आबद्ध छन् भने अन्य पिएसपी/ पिएसओ, रेमिटेन्स कम्पनीहरू, लघुवित्त, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायतका ११० भन्दा बढी गैर—बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध छन् । यस मार्फत सदस्यहरूले संस्थाहरूको NCHL-IPS / RPS प्रणालीहरूको प्रयोग गर्न सक्नेछन् ।

प्रभु महालक्ष्मी इन्स्योरेन्स लाइप आफ्नो देशभर रहेका शाखाहरू मार्फत ग्राहकहरूलाई बिमा सेवाहरू प्रदान गर्दै आइरहेको छ । नेपाल क्लियरिङ्ग हाउससँगको यस सहकार्यले इन्स्योरेन्सको डिजिटल यात्रामा विशेष सहयोग हुने अपेक्षा गरिएको छ ।

000000

 मकालु खबर २०८१ पुस १२ गते

20

Shares

facebook sharing buttontwitter sharing buttonsharethis sharing button

प्रतिक्रिया

Comment *

Name *

Email *

Website


प्रतिक्रियाहरू

सम्बन्धित खबर