नेपाल धितोपत्र बोर्डबाट राप्ती हाइड्रोले पायो १०० प्रतिशत हकप्रद निष्काशन अनुमति

अर्थकागज
प्रकाशित: २५ वैशाख २०८२
Image description

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले हकप्रद निष्काशनको अनुमति पाएको छ ।
कम्पनी १ः१ को अनुपातमा हाल कायम चुक्ता पुंजीको शतप्रतिशत हकप्रद निष्काशनको अनुमति पाएको हो। अब कम्पनीले ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँ बराबरको ६१ लाख २७ हजार ९ सय ३८ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ। शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर