सर्वोत्तमको सेयर पुस २५ बाट रोजगारी र प्रभावितलाई, कम्तिमा ५० कित्तालाई आवेदन दिनु पर्ने

अर्थकागज
प्रकाशित: १७ पुस २०८०
Image description

काठमाडौं। बुकबिल्डिङ बिधिबाट मूल्य तय भएपछि सर्वोत्तम सिमेन्टले सेयरको सार्वजनिक निष्काशन सुरु गरेको छ। कम्पनीले पहिलो चरणमा उद्योग तथा खानी प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि सेयर जारी गर्ने भएको हो।

दोस्रो चरणमा कम्पनीले आम सर्वसाधारणका लागि सेयर जारी गर्ने छ। नियामकी झन्झटमा लामो समय फसेपछि कम्पनीले अघिल्लो महिना योग्य लगानीकर्ताबाट मूल्य तय गरेको थियो। त्यो मूल्यमा १० प्रतिशत घटाएर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो।

कम्पनीले पुस २५ देखि १० गतेसम्म प्रभावित र रोजगारीमा गएकाहरुलाई सेयर जारी गर्ने छ। त्यसपछि सर्वसाधारणलाई जारी गर्ने योजना बनाएको छ।

कम्पनीले प्रभावितलाई ९ लाख ३० हजार कित्ता र रोजगारीमा गएकाहरुलाई २ लाख ६७ हजार कित्ता सेयर जारी गर्ने छ। कम्पनीको सेयरमा कम्तिमा ५० र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन मिल्छ। कम्पनीको सेयरको प्रति कित्ता मूल्य ३६० रुपैयाँ ९० पैसा हो।

प्रतिक्रियाहरू

सम्बन्धित खबर