गुराँस लघुवित्तको लाभांश घोषणा
प्रकाशित:
०८ असोज २०८२
काठमाडौं । गुराँस लघुवित्तले आर्थिक वर्ष २०८१÷८२ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
लघुवित्तको असोज ८ गते बसेको संचालक समितिको बैठकले कम्पनीको हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश घोषणा गरेको हो ।
नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares