हिमालयन रिइन्स्योरेन्सको लाभांश घोषणा
प्रकाशित:
२२ वैशाख २०८२
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०८०/०८१ को नाफाबाट लाभांश घोषणा गरेको छ। कम्पनीको वैशाख २२ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम रहेको चुक्ता पूँजीको ४.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२४ प्रतिशत नगद लाभांश गरि कुल ४.७४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब ४० करोड रहेको छ ।
बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी बार्षिक साधारण सभाबाट पारित गरे पश्चात उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares