सानिमा जिआईसी इन्स्योरेन्सको ३ लाख ६४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
प्रकाशित:
०९ वैशाख २०८१
काठमाडौ । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ। कम्पनीले संस्थापक समूहको ३ लाख ६४ हजार २८६ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
इच्छुक संस्थापक सेयरधनीहरूले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौं नागपोखरीस्थित कुमारी क्यापिटल लिमिटेड आइपुग्ने गरी आवेदन दिनुपर्ने छ । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १८६ रुपैयाँ निर्धारण गरिएको छ ।
तोकिएको समयभित्र संस्थापक सेयरधनीहरूबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares