रु रु जलविद्युतको नाफामा सामान्य बृद्धि, ईपिएस ३०.९३ रुपैयाँ
काठमाडौं । रु रु जलविद्युत परियोजना लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको नाफामा बृद्धि देखिएको छ ।
असोज मसान्तसम्ममा परियोजनाले बिद्युत बिक्रिबाट ५ करोड ३३ लाख रुपैयाँ आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.५६ प्रतिशतले बढि हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा हाइड्रोपावरको यस्तो आम्दानी ५ करोड ३० हजार रुपैयाँ थियो।
असोज मसान्तसम्ममा कम्पनीले ३ करोड ७२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा २.२९ प्रतिशतले बढि हो । गत आर्थिक बर्षको यसै अवधिमा कम्पनीले ३ करोड ६४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर बढेर ३० रुपैयाँ ९३ पैसा पुगेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ५२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २६.२९ गुणा रहेको छ। ४९ करोड ३३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा २१ करोड ९६ लाख रुपैयाँ सञ्चित छ।
Shares