एनआईसी एशिया बैंक र अल अन्सारी एक्सचेञ्जबीच रणनीतिक साझेदारी
काठमाडौं । युएईबाट नेपालमा रकम पठाउन सकिनेगरी एनआईसी एशिया बैंक र अल अन्सारी एक्सचेञ्जबीच रणनीतिक साझेदारी भएको छ ।
समझदारी अनुसार युएईमा आक्रामक बजार विस्तार गरिरहेको उक्त कम्पनीका २५० भन्दा बढी शाखा कार्यालयहरू तथा डिजिटल च्यानल (वेबसाइट तथा मोबाइल एप)बाट नेपालमा रकम पठाउन सहज हुने विश्वास रहेको बैंकले जनाएको छ ।
साझेदारी कार्यान्वयनमा आएपश्चात् अब अल अन्सारी एक्सचेञ्जबाट यस बैंकका साथै नेपालका जुनसुकै बैंकका खाता तथा वालेटमा तुरुन्त रकम पठाउन सकिने बताइएको छ । भौतिक रूपमा युएईभर तथा वेबसाइट तथा मोबाइल एपबाट डिजिटल रूपमा दरिलो उपस्थिति रहेको उक्त अल अन्सारी एक्सचेञ्ज कम्पनीबाट पठाइएको रकम यस बैंकका ३६० शाखा कार्यालय, १११ विस्तारित काउन्टर, ५५ वटा शाखा रहित बैंकिङ इकाई र १६ हजार भन्दा बढी रेमिटेन्स एजेन्टहरूमार्फत सहजै भुक्तानी लिन सकिनेछ ।
बैंकको मोबाइल बैंकिङ एपभित्र रहेको रेमिट्यान्स आइकनमा ट्याप गरेर रिसिभ रेमिटभित्र आफुलाई प्राप्त रकम र युनिक पिन विवरण राखेपश्चात् रकम खातामा स्थानान्तरण गरी रेमिटेन्स रकम सहजै बुझ्न सकिने व्यवस्था समेत रहेको एनआईसी एशिया बैंकले जानकारी दिएको छ ।
एनआईसी एसिया बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६५६ एटिएम, १११ वटा विस्तारित काउन्टर एवं ५५ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२५ शाखा कार्यालयहरू स्थापना गरेको छ ।
Shares