आज एलआईसीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

अर्थकागज
प्रकाशित: १४ असार २०८२
Image description

काठमाडौं । आज लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी नेपाल) को लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।

कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि असार १६ गते १ दिन बुक क्लोज गर्दैछ । त्यसैले असार १५ गतेसम्म कायम सेयरधनीले मात्रै प्रस्तावित लाभांश पाउनुका साथै सभामा पनि भाग लिन पाउनेछन् ।

कम्पनीको २३औं वार्षिक साधारणसभा असार ३० गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा बिहान ११ः४५ बजेदेखि बस्नेछ । सभाले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र ०.५२६ प्रतिशत नगद लाभांश (करसहित) वितरणको प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभाले बोनस शेयर वितरणपछि पुँजी वृद्धि हुने भएकाले सोहीबमोजिम प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिनेछ ।

यसका साथै गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदनसहित सम्पूर्ण वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ भने चालू आवका लागि लेखापरीक्षकको नियुक्त गरी निजको पारिश्रमिक टुंगो लगाउनेछ ।

सर्वसाधारण शेयरधनीतर्फ (समूह ख) बाट १ जना सञ्चालक निर्वाचन गर्ने र संस्थापक शेयरधनीको तर्फबाट नियुक्त सञ्चालकको अनुमोदन गरिनेछ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर