तेस्रो सांग्रिला साइकल र्‍यालीको लागि रजिष्ट्रेशन खुल्ला

अर्थकागज
प्रकाशित: ११ जेठ २०८१
Image description

काठमाडौं । विश्व वातावरण दिवसका अवसरमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड “इन्धन बचाऔं, वातावरण जोगाऔं,”भन्ने नाराका साथ साइकल र्‍याली आयोजना गर्न लागेको छ । बैंकले डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, बि वाइ डी तथा अन्य संध संस्थाहरुसँगको सहकार्यमा जेठ १९ गते, शनिबार उक्त -याली गर्न लागेको हाे ।

सो साइकल र्‍यालीमा सहभागी हुन चाहनेहरुले २०८१ जेठ १६ गते सम्मा यस लिंक https://www.shangrilabank.com/cyclerally मा निशुल्क दर्ता गरी आफ्नो सहभागिताको सुनिश्चितता गर्न सकिन्छ ।

उक्त साइकल र्‍याली जेठ १९ गते बिहान ७ः०० बजे देखी सानोगौचरन मैदानबाट सुरु हुँदै नागपोखरी, नारायणहिटि, दरबार मार्ग, भद्रकाली मन्दिर, सहिद गेट, त्रिपुरेश्वर रङ्गशाला, थापाथली, माइतीघर, बिजुली बजार, नयाँ बानेश्वर पानी ट्याङकी, पुरानो बानेश्वर, गौशाला, रातोपुल, जर्मन एम्बेसीबाट, सानोगौचरन मैदानमा पुगी समापन गरिनेछ ।

स साइकल र्‍यालीमा सांग्रिला डेभलपमेन्ट बैंकले वातावरण संरक्षण प्रतिको आफ्नो उत्तरदायित्वलाई आत्मसात गर्दै इन्धनको मितव्ययिता एवं साइकल जस्तो बैकल्पिक यातायातको साधनको प्रयोग गरी प्रदुषण नियन्त्रणमा टेवा पु¥याउनको निम्ति समाजमा चेतना फैलाउन योगदान पुग्ने विश्वास राखेको छ । वातावरणलाई सफा स्वच्छ राख्ने उद्देश्यका साथ “Save Fuel, Save Environment ” भन्ने नारा लिएर अगाडि बढेको यस किसिमका कार्यक्रमहरुलाई बैंकले निरन्तरता दिँदै जाने जानकारी दिएकाे छ ।

सो साइकल र्‍यालीमा सहभागी भएका सम्पूर्ण सहभागीहरुलाई टिसर्ट र भाग्यमानी एक जना सहभागीहरुलाई साइकल तथा अन्य बम्पर पुरस्कार प्रदान गरिने भएकाे छ । विगत वर्षहरुमाझै यस वर्षको तेस्रो साइकल र्‍याली समेत भब्य रुपमा समापन हुने कुरामा बैंक विश्वस्त रहेको जनाएकाे छ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर