बैंक तथा बित्तिय संस्थाका सेयर कारोबारी तथा ऋणीका लागि शिवचन्द्रको सन्देश

शिवचन्द्र
प्रकाशित: ०३ फागुन २०८०
Image description

सन् २०१५, नोभेम्बरमा १००० को हाराहारीमा रहेको नेप्से सूचक सन् २०१६, जुलाईको अन्त्यतिर १८८० को बिन्दु चुमेको थियो । यो अवधिमा एउटा चल्ती कै बैंकबाट सेयर धितो राखी कर्जा उपभोग गरेको थिएँ । १८८० बाट झर्न थालेको बजार १७०० को आसपास आईपुग्दा बैंकबाट फोन आयो, "एकपटक तुरुन्त आउनुहोस् ।"

भोलिपल्ट ब्रान्च मेनेजरलाई भेट्न बैंक पुगें , "५० लाख भन्दा माथिको सेयर कर्जा लिनेहरुलाई फोर्स सेटलमेण्ट गराउने पोलिसी बैंकको रहेको छ , जतिसक्दो छिटो सेटल गरिहाल्नुस् " ब्रान्च मेनेजरले भने । " मैले सर्भिस चार्ज तिरेर ओडि रिन्यु गरेको दुई महिना पनि भएको छैन, किन सेटल गर्ने ? एक बर्ष पुरा हुन दिनुस् अनि तपाईंको बैंकसँग कारोबार नै गर्दिन", अब बैंकलाई मुद्दा हाल्छु भन्ने सोचेर रिसाएर घरतिर लागें ।

घर पुगेर लोनको एग्रीमेन्ट पेपेर हेर्दा त एउटा बुँदा यस्तो रहेछ , "प्रथम पक्षले दोस्रो पक्षबाट कुनै पनि समय, बिना कुनै कारण ऋण असुली गर्न पाउने छ !" जसमा आफूले ड्याम्मै ल्याप्चे र सही छाप ठोकेको रहेछु ।

बैंक तथा बित्तिय संस्थासँग ऋणको कारोबार गर्दा सुझबुझका साथ गरौं !


प्रतिक्रियाहरू

Rupendra

2 years ago

Chalakhi

सम्बन्धित खबर